२९ मंसिर २०८१, शनिबार | Sat Dec 14 2024


क्यानडामा १६ औं हिमालयन मेला शुरु हुँदै


715
Shares

क्यानडा । १६ औं हिमालयन मेला क्यानडामा शुरु हुने भएको छ । क्यानडाको संस्था एनसीसीएसको आयोजनामा सन् २००५ देखि मनाइँदै आएको मेला आगामी शनिबार अगस्ट १० देखि शुरु हुने भएको हो ।

क्यानडाको टोरन्टोमा बसोबास गर्ने नेपाली समुदायले सन् २००२ मा स्थापना गरेको गैर नाफामुलक संस्था ‘नेपलीज क्यानेडीयन कम्युनिटी सर्भिसेज’ (एनसीसीएस)को आयोजनामा उक्त मेला सञ्चालन हुन लागेको हो । यस संस्थाले नेपालभित्र मनाइने चाड–पर्वहरुको प्रवर्धन समेत गर्दै आएको छ ।

यस मेलामा नेपालका ख्यातिप्राप्त गायक–गायिकाहरु अञ्जु पन्त, तिलक बम मल्ल र स्थानीय कलाकारहरुले प्रस्तुती दिनुका साथै विभिन्न क्षेत्रबाट आफ्नो व्यवसायको प्रदर्शन र प्रवर्धन गरिने आयोजकले जनाएको छ ।