काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचारका प्रकरणहरु खोलेको जस आफूलाई नचाहिने बताउनुभएको छ ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो ।
सभापति लामिछानेले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्षित गर्दै फाइलहरु पनि आफैंले खोलेको र भ्रष्टचार पनि आफैंले गरेको हो भनेर स्वीकार्न आग्रह गर्नुभयो । उहाँले ३० वर्षमा भएका भ्रष्टाचारका काण्डहरु आफूले पुनः खोल्ने काम मात्रै गरेको बताउनुभयो । उहाँले ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास अहिलेको सरकारले गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजो भर्खरै यहाँ कुराहरु चल्यो, फाइल त हामीले खोलेका हौँ, तिमीहरुलै खोलेकै होइनौँ भन्नेकुराहरु आए । ठिक छ, तपाईंहरुले नै खोल्नुभएको हो, हामीलाई जस चहिएको पनि होइन । काण्डहरु पनि हामीले नै गरेका हौँ पनि भनिदिएको भए राम्रो हुन्थ्यो । ३० औं वर्षमा यि काण्डहरु पनि आफैँले गरेको हो भनिदिए राम्रो हुन्थ्यो । फाइल तपाईंले नै खोल्नुभएको हो । तर बन्द नहुँदै ज्युँदै रहेको फाइललाई गाड्ने प्रयास गर्नुभयो । जुन फाइलमा प्राण थियो । त्यो प्राण बाँकी रहेको फाइललाई रिओपन गर्ने कोशिस गरेका हौँ ।’
सभापति लामिछानेले आफू सरकारमा कुनैपनि पूर्वाग्रही रहेर काम नगरेको जिकिर गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्