११ असार २०८१, मंगलबार | Tue Jun 25 2024


अर्घाखाँचीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु


416
Shares

काठमाडौं । अर्घाखाँचीको छत्रदेव गाउँपालिका देउरालीमा गएराति टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सन्धिखर्क नगरपालिका खाँचीकोटका टिपर चालक रामलाल पुरी रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

देउराली तम्घास सडकमा देउरालीबाट नेटा जाँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर सडकदेखि करिब ६० मिटर तल खसेर दुर्घटना भएको हो । पुरीको जिल्ला अस्पताल गुल्मीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी ईश्वरी अधिकारीले जानकारी दिनुभयो ।

यस्तै दुर्घटनामा अन्य दुई जना घाइते भएका छन । सन्धिखर्क नगरपालिका ७ का रिसभ केसी र शितगंगा नगरपालिका २ का नविन घिमिरे घाइते भएका हुन् । दुवै जनालाई थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा रिफर गरिएको प्रहरीले जनाएको छ ।