
काठमाडौं, असार ६ । पोल्यान्डलाई हराउँदै सेनेगलले विश्वकप फुटबल २०१८ मा विजयी सुरुआत गरेको छ ।
रुसको मस्कोस्थित स्पार्टाक स्टेडियममा मंगलबार राति भएको समूह ‘एच’को दोस्रो खेलमा अफ्रिकन राष्ट्र सेनेगलले पोल्यान्डलाई २–१ ले हराएको हो ।
खेलको ३७औं मिनेटमा पोल्यान्डका थियागो कियोनेकले आत्मघाती गोल गरेपछि सेनेगलले खेलमा अग्रता लिएको थियो ।
६०औं मिनेटमा एम्बाय नियाङले पोल्यान्डका डिफेन्डर र गोलरक्षकको गल्तीको फाइदा उठाउँदै सेनेगलको अग्रता दोब्बर पारे ।
८६औं मिनेटमा क्राइचोइकले गोल गर्दै पोल्यान्डको हार टार्ने प्रयास गरे पनि थप गोल हुन नसक्दा खेल सेनेगलले जित्यो ।
जितसँगै सेनेगल जारी विश्वकपको पहिलो चरणको खेल जित्ने अफ्रिकी महादेशको पहिलो टोली बनेको छ ।
प्रतिक्रिया दिनुहोस्