काठमाडौं । मुलुकमा संचालित ९ लाख २२ हजार प्रतिष्ठान तथा व्यवसायले ३४ लाख जनालाई रोजगारी दिइएको पाइएको छ ।
मुलुकमा पहिलो पटक गरिएको राष्ट्रिय आर्थिक गणना २०७५ को प्रारम्भिक नतिजाअनुसार प्रतिप्रतिष्ठान औसत चार जनाले रोजगारी पाएका छन् ।
देशभर कुला नौं लाख २२ हजार चार सय ४५ प्रतिष्ठान तथा व्यवसाय छन् । यी प्रतिष्ठान तथा व्यवसायले ३४ लाख आठ हजार सात सय ४६ जनालाई रोजगारी दिएका छन् ।
केन्द्रीय तथ्याकं विभागले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक तथ्याकं अनुसार ती प्रतिष्ठान तथा व्यवसायमा २० लाख पुरुष र १३ लाख महिला जनशक्ति संलग्न छन् ।
आर्थिक गणनाको तथ्याकं बैशाख १ देखि जेठ ३१ सम्म संकलन गरिएको थियो ।
गणनाको अन्तिम नतिजा चालु आर्थिक बर्षको चौमासिकसम्म आउने विभागले जनाएको छ । -नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्