Logo ३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026


झापामा कटन क्यान्डीमा प्रतिबन्ध


0
Shares

काठमाडौं । झापामा कटन क्यान्डीको बिक्री वितरणमा प्रतिवन्ध लगाइएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाले जिल्लाका सबै स्थानीय तहहरूलाई पत्र पठाउँदै बालबालिका तथा आम उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने कटन क्यान्डीको बिक्री वितरण कडाइका साथ रोक्न आग्रह गरेको छ ।

बजारमा बालबालिकालाई लक्षित गरी खुल्ला रुपमा विभिन्न रङ्गको प्रयोग गरी बिक्री वितरण भइरहेको कटन क्यान्डीको परीक्षण गर्दा अखाद्य रङ्ग पाइएकाले त्यसको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको हो ।

अनुमति लिएका, लेवल भएका बाहेकको कटन क्यान्डीको उत्पादन तथा बिक्री वितरणमा प्रतिबन्ध लगाउनका लागि आवश्यक अनुगमन र नियमन गरिदिन कार्यालयले आग्रह गरेको छ ।