११ फाल्गुन २०८०, शुक्रबार | Fri Feb 23 2024


दुर्गा प्रसाईंका समर्थक नियन्त्रणमा


1.157k
Shares

काठमाडौं । गत संसिर ७ गतेदेखि नागरिक बचाउ अभियान अन्तर्गत राजधानीका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन गर्दै आएको अभियन्ता दुर्गा प्रसाईंलाई मंगलबार प्रहरीले प्रदर्शन गर्न रोक लगाएको छ ।

सो समूहले मंगलबार पनि गौशाला चोकमा प्रदर्शन गर्ने भएपछि विरोध प्रदर्शनमा सहभागी हुन भक्तपुरस्थित आफ्नो निवासबाट आउने क्रममा प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा राकेर फर्काएको छ । साथै, प्रहरीले सो विरोध सभामा सहभागी हुन गौशालाका विभिन्न होटलमा बसेकाहरुलाई नियन्त्रणमा समेत लिएको छ ।

आन्दोलनमा सहभागी हुन आएकाहरुलाई प्रहरी नियन्त्रणमा लिएपछि सहभागीहरु अलमलमा परेका थिए । यसअघि सोमबार गौशालामा गरिएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरी र प्रदर्शनकारीहरु घाइते भएका थिए । सोही क्रममा दुर्गा प्रसाईका स्वकीय सचिव विनञ्जय थापा, धर्म गुरु श्री निवाससहित १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।