११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024


पहिलो त्रैमासमा आधा भन्दा बढी वाणिज्य बैंक घाटामा


624
Shares

काठमाडौं । कोरोनाको समस्यामा परेको विश्व अर्थतन्त्रमा सुरु भएको मन्दीको प्रभाव नेपालमा देखिन थालेको छ । सरकारले अर्थतन्त्रको बाह्य क्षेत्र बलिया बन्दै गएको बताए पनि आन्तरिक अवस्थामा सुधार आउन सकेको छैन भन्ने वाणिज्य बैंकहरुको पछिल्लो त्रैमासिक रिपोर्टले देखाएको छ ।

वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टमा १९ वटा बैंकहरु मध्ये ११ वटाको नाफा खुम्चिएको छ । त्यसमा पनि सरकारी लगानीका बैंकहरुको अवस्था बढी नै कमजोर देखिएको छ । कोभिडकालदेखि नै व्यापार बढाउन नपाएका बैंकहरुले गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा झन् ठूलो समस्या भोग्नु पर्यो । देशभित्र व्यापार, रोजगार, उत्पादन, निर्यात, घरजग्गा, शेयर बजारलगायतका क्षेत्र शिथिल हुँदा त्यसको प्रभाव बैंकहरुको वित्तिय रिपोर्टमा पर्यो ।

बजारमा कर्जाको माग नै नहुँदा बैंक तथा वित्तिय संस्थाले नयाँ लगानी विस्तार गर्न त पाएनन् पाएनन्, पुरानो कर्जाको साँवा ब्याज समेत उठान नसक्ने अवस्था आईलाग्यो । अर्थविद्हरु भने बैंकहरुको लगानी छिटै नाफा हुने सट्टेबाजीमा हुने प्रवृत्तिले जोखिम बढेको तथा विकास बैंक र वित्त कम्पनीहरु बाणिज्य बैंकमा विलय भएकाले पनि कर्जाको क्षेत्र साँघुरिएको अर्थविद् नरबहादुर बताउँछन् ।

जबसम्म कर्जा उत्पादकत्व, रोजगारी र निर्यातमा जोडिदैन तबसम्म बैंक तथा वित्तिय संस्था र अर्थतन्त्रबीच बलियो सम्बन्ध रहँदैन् । रियल स्टेट, शेयर बजार र आयात क्षेत्रमा जाने कर्जाले अर्थतन्त्रलाई सहयोग गर्दैन भन्ने उदाहरण बैंकहरुको पछिल्लो रिपोर्टले पनि पुष्टि गरेको अर्थविद् थापा बताउनुहुन्छ ।

बैंक तथा वित्तिय संस्था बढी जोखिम लिन नचाहने भएकाले तरलता पर्याप्त हुँदाहुँदै पनि व्याजदर घटाएर कर्जा दिन नचाहेको देखिन्छ । यसको प्रभाव राजस्वमा समेत पर्ने गरेको छ । वित्तिय पहुँचको दुरुपयोगका कारण पनि कर्जा पूँजी निर्माण तथा उत्पादनमा नभएर विदेशतर्फ पलायन भएको अर्थविद् थापाको दाबी छ ।

बैंकहरुको पहिलो त्रैमासको वित्तिय रिपोर्टले लगातीको क्षेत्र थप खुम्चिँदै गएको देखाउँछ । पुरानो कर्जा उठाउन नसकेका बैंकहरु नयाँ कर्जाका लागि तयार नहुनुले अर्थतन्त्र थप खुम्चिने हो कि भन्ने त्रास पनि बढाएको छ ।