८ माघ २०८१, मंगलबार | Wed Jan 22 2025


नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकमा नियमित एजेण्डामा मात्रै छलफल


481
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको आज बसेको बैठकमा नियमित एजेण्डामा मात्रै छलफल भएको छ ।

बजारमा चर्चा भएजस्तो सेयर धितो कर्जाको १२ करोडको क्याप, कर्जाको जोखिम भार लगायतका विषय बैठकमा छलफल नै नभएको बुझिएको छ ।

सेयर धितो कर्जाको १२ करोडको सीमा हटाउने विषयमा राष्ट्रबैंकले विज्ञसहितको टिम नै अध्ययनका लागि खटाएको छ । केन्द्रीय बैंक नेतृत्वले १२ करोडको सीमा हटाउँदा वा यसमा लचक नीति लिँदा आउनसक्ने प्रभावको विषयमा मिहीन अध्ययन गर्दै आएको दाबी गर्दै आएको छ ।

सेयर धितो कर्जाको सीमा तथा जोखिम भार सम्बन्धी व्यवस्थाको विषयलाई एकीकृत निर्देशन मार्फत सम्बोधन गर्ने तयारी भइरहेको र असोजभित्रमा संशोधन सहितको एकीकृत निर्देशन जारी गर्ने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

त्यसबाटै सेयर बजार लगायतका विषय सम्बोधन गर्ने राष्ट्रबैक नेतृत्वको योजना रहेको बुझिएको छ ।