Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या


2.1k
Shares

काठमाडौं । बझाङमा ६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

सामान्य विवाद हुँदा बिजुलीले जैलुको घर आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

शुक्रबार साँझ साढे ७ बजे हत्या भएको र आरोपीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।