Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


राम्रो देश पठाइदिने भन्दै चार करोड ठगी


1k
Shares

काठमाडौं । दोलखाकी सरिता भुजेलको परिवारले चार वर्षअघि एक म्यानपावर कम्पनीलाई ३० लाख रूपैयाँ बुझाए पनि अहिलेसम्म विदेश जाने साइत जुरेको छैन।

काठमाडौंको सिनामंगलस्थित विस एचआर सोलुसन म्यानपावरका सञ्चालक तुल्सीप्रसाद श्रेष्ठले सरिताबाट जापान पठाइदिने भन्दै १० लाख र उनकै दिदीका दुई छोराबाट अमेरिका पठाइदिने भन्दै २० लाख लिएका थिए।

यसरी उक्त म्यानपावरमा पैसा फस्नेमा सरितासहित ४३ जना छन्। विभिन्न मुलुक पठाउने भनी उनीहरूबाट ४ करोड रूपैयाँ असुलिए पनि कसैले अहिलेसम्म उड्न पाएका छैनन्।

‘सञ्चालकहरू तुल्सीप्रसाद श्रेष्ठ, लालबहादुर पुलामीलगायतले जापानका लागि भाषा पढ्नुपर्दैन भन्दै पैसा लिएको आज करिब चार वर्ष हुन लाग्यो। पैसा कमाउन विदेश जान खोज्दा ऋणको ब्याज तिर्दै यहीँ बस्नुपरेको छ,’ सरिताले भनिन्।

जापान जाने आशामा ठूलो रकम फस्दा घरपरिवारका सबैजना टाढिन थालेको गुनासो उनले गरिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।