Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह


234
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले विद्यार्थीको पढ्न पाउने अधिकारप्रति संवेदनशील बन्न आग्रह गरेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दे सम्वद्ध पक्षसमक्ष यस्तो आग्रह गरेको हो ।

विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पर्ने गरी आफ्ना माग सम्बोधन गराउन विद्यालय नै अनिश्चितकालीन रुपमा बन्द गरी पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शान्तिपूर्ण वातावरणमा शिक्षा प्राप्त गर्ने अधिकारको उल्लंघन भएको आयोगले जनाएको छ ।

आयोगले विद्यालयका शिक्षक शिक्षिकाहरुलाई आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार प्रति सचेत हुन समेत आग्रह गरेको छ ।