१० चैत्र २०७९, शुक्रबार | Fri Mar 24 2023


साफ च्याम्पियनसिप फुटबलमा बुधवार नेपालले माल्दिभ्सको सामना गर्ने


0
Shares

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।

हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै नेपालसँगको भिडन्त तय गरेको हो ।

हिजोको खेलपछि समूहमा भारत विजेता बन्दै सेमिफाइनल प्रवेश गर्‍यो । माल्दिभ्स र श्रीलंका दुबै टोलीको समान १–१ अंक थियो ।

दुबै टोली भारतसँग २–० ले पराजित भएकाले दोस्रो हुने टोलीको छिनोफानो टसबाट गरिएको हो ।

टसमा माल्दिभ्स भाग्यमानी बन्दै सेमिफाइनलमा उक्लिंदा अभागी श्रीलंका समूहबाटै घर फर्कियो । माल्दिभ्स र नेपालबीचको सेमिफाइनल खेल बुधवार हुनेछ ।

सोही दिन हुने दोस्रो सेमिफाइनल खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ ।