Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


कांग्रेसः सिद्धान्तमा लोकतन्त्र संरचनामा मनपरीतन्त्र


104
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको दुई वर्ष पुग्न तीन महिना बाँकी छ।

तर, कांग्रेसले महाधिवेशन भएको ६ महिनाभित्र सम्पादन गर्नुपर्ने कार्य अझै पूरा गर्न सकेको छैन। महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै विभाग र निकायलाई पूर्णता दिनुपर्ने व्यवस्था विधानमा भए पनि अहिलेसम्म त्यस्तो हुन सकेको छैन।

सभापति शेरबहादुर देउवाले शुक्रबार विधानको धारा ३७ को १ (ग) अनुसार १५ जना केन्द्रीय सदस्यलाई विभिन्न १५ विभागको प्रमुख तोकेका छन्।

कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश समन्वय, पुष्पा भुसालले महिला, चिनकाजी श्रेष्ठले उद्योग तथा व्यापार, किरण यादवले तराई(मधेस समन्वय, योगेन्द्र चौधरीले थारु, गेहेन्द्र गिरीले ज्येष्ठ नागरिक समन्वय, आंगेलु शेर्पाले पर्यटन, रणबहादुर रावलले गैरसरकारी संस्था समन्वय र दिलमान पाख्रिनले आदिवासी जनजाति विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

त्यस्तै, प्रकाश रसाइली स्नेहीलाई वैदेशिक रोजगार समन्वय तथा आप्रवासन, रंगमती शाहीलाई पिछडिएको क्षेत्र, गुरु बराललाई आपूर्ति तथा उपभोक्ता, नानु बास्तोलालाई जिल्ला सम्पर्क समिति समन्वय, मदनकृष्ण श्रेष्ठलाई अपांगता भएका व्यक्ति र समुदाय समन्वय र सीता थपलिया (उर्मिला) लाई उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग प्रमुख तोकिएको छ।

प्रमुख तोकिएका यी विभागले कहिले पूर्णता पाउँछन् र बाँकी विभागका प्रमुख कहिलेसम्म तोकिन्छन् भन्ने निश्चित छैन।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।