
काठमाडौं, असार ५ । विश्वकप फुटबलमा समूहका पहिलो चरणका खेलहरु मंगलबार सकिँदैछन् ।
मंगलबार समूह ‘एच’का दुई खेल भएसँगै पहिलो चरणका खेल सकिनेछन् ।
समूह ‘एच’को पहिलो खेलमा मंगलबार जापान र कोलम्बिया भिड्नेछन् । यो खेल रुसको सारान्स्कमा रहेको मोरदोभिया एरिनामा नेपाली समयअनुसार मंगलबार बेलुकी पौने ६ बजे सुरु हुनेछ ।
यही समूहको दोस्रो खेलमा पोल्यान्ड र सेनेगल भिड्नेछन् । यो खेल राति पौने ९ बजे मस्कोस्थित स्पार्टाक स्टेडियममा हुनेछ ।
मंगलबारैदेखि समूहका दोस्रो चरणका खेल पनि सुरु हुनेछन् । राति पौने १२ बजे सेन्ट पिट्र्सवर्गमा रुस र इजिप्ट भिड्नेछन् ।
रुसले समूहको पहिलो खेलमा साउदी अरेबियालाई ५–० ले हराएको थियो भने इजिप्टले उरुग्वेसँग १–० को हार व्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्