Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


२३८ जनालाई मुद्दा चलाउन सिआइबीको सिफारिस


5.5k
Shares

काठमाडौं । बालुवाटारस्थित ललिता निवासभित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले करिब १८ अर्ब रूपैयाँ नोक्सानी ठहर गर्दै किर्ते तथा संगठित अपराध अनुसन्धान प्रतिवेदन मंगलबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ।

प्रतिवेदनमा २ सय ३८ जनालाई प्रतिवादी बनाउँदै उनीहरूबाट नोक्सानी भएको १८ अर्ब रूपैयाँ बिगो माग दाबी गर्न सिफारिस गरिएको छ।

सरकारी जग्गा योजनाबद्ध रूपमा हिनामिना गरिएको सिआइबीको निष्कर्ष छ। सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले यस मामिलामा प्रतिवादीबाट १८ अर्ब रूपैयाँबराबरको बिगो माग दाबी भराउन सिफारिस गरिएको जानकारी दिँदै यसबाट ललिता निवासलाई न्याय हुने बताइन्।

‘प्रतिवेदन बुझाएपछि म अत्यन्तै खुशी भएकी छु। करिब १८ अर्ब रूपैयाँको बिगो माग दाबी गर्न सिफारिस गरिएको छ। अनुसन्धान क्रममा सबैतिरबाट सहयोग भएको छ। सकेसम्म आवश्यक प्रमाण जुटाउने कार्यमा सिआइबी सफल भएको छ। मलाई लाग्छ अदालतले पनि ललिता निवासलाई न्याय गर्नेछ’, उनले भनिन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।