Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


सप्तकोशीमा पानीले उच्च जोखिमको तह नाघेपछि ब्यारेजका ५६ वटै ढोका खोलियो


3.4k
Shares

काठमाडौं । सुनसरीस्थित सप्तकोशी नदीमा पानीको बहावले उच्च जोखिमको तह नाघेपछि ५६ वटै ढोका खोलिएको छ।

यस नदीमा यो वर्षकै उच्च मापन गर्दै ब्यारेजका सबै ढोका खोलिनुका साथै खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उच्च तह पार गरेपछि आइतबार राति नै कोशी ब्यारेजका सबै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सोमबार बिहान ४ बजेको पछिल्लो मापनअनुसार सप्तकोशी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको छ।

सबै ढोका एकैपटक खोलिएपछि कोशी नदीको तटीयमा क्षेत्रमा रहेका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रहसमेत गरेको छ।