Logo ५ माघ २०८२, सोमबार | Tue Jan 20 2026


पाल्पाको यूनाइटेड मिसन अस्पतालद्वारा स्वास्थ्य बीमा कार्यक्रम स्थगित


1.9k
Shares

पाल्पा । सरकारले भुक्तानी नदिएपछि तानसेनको युनाइटेड मिसन अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थागित गरेको छ ।

लामो समयदेखि बीमितको उपचार गरेवापतको रकम भुक्तानी नपाएपछि अस्पतालले कार्यक्रम रोकेको हो ।

बोर्डले सम्झौता अनुरुप काम नगरेको र समयमै भुक्तानी नदिएकाले सेवा नै बन्द गर्नुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । स्वास्थ्य बीमा बोर्डले अस्पताललाई करिब १४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

अस्पतालले सेवा स्थगित गरेपछि सेवा लिन आउने हजारौं बिमित सेवाबाट बञ्चित भएका छन् । नागरिक सेवाबाट बञ्चित मात्रै भएका छैनन्, स्वास्थ्य बीमा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको छ ।

स्वास्थ्य बीमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बीमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ, तर भुक्तानी नपाएपछि मिसन जस्ता ठूला अस्पतालहरुले सेवा बन्द गर्दा कार्यक्रम नै अलपत्र पर्ने जोखिम बढेको हो ।