Logo १४ श्रावण २०८३, बिहिबार | Fri Jul 31 2026


कृष्ण समिपले ल्याए ‘ए भन्दे वतास’ गीत


715
Shares

काठमाडौं । गायक एवम संचारकर्मी कृष्ण समिम सुवेदीले ‘ए भन्दे वतास’ बोलको नयाँ गीत ल्याएका छन् ।

आधुनिक, लोकआधुनिक, लोकपपलगायतका विधामा धेरै गीतहरु बजारमा ल्याइसकेका सुवेदीले पछिल्लो ‘ए भन्दे वतास’ बोलको गीत ल्याएका हुन् ।

कृष्ण ‘समीप’ सुवेदी नामक युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको भिडीयोमा सुवेदी आफैँले स्मारिका ढकालसँग अभिनय गरेका छन्।

शब्द, संगीत, गायन र अभिनय पनि आफैंले गरेकाे उक्त गीत ‘ए भन्दे वतास’लाई सुवेदीले रेगे शैलीमा प्रश्तुत गरेका छन्

विसं २०६५ मा ‘सिरसिर बतास’ नामक लोक तथा दोहोरी गीतबाट खुबै चर्चा बटुलेका सुवेदीले दर्जनौं गीत गाइसकेका छन् । केही महिना अघि सार्वजनिक भएको उनको ‘चल् न माया चल्’ बोलको गीतले पनि चर्चा बटुलेको थियो ।

हालै सार्वजनिक भएको नयाँ गीतको भिडियोमा चाहीं श्यामस्वेत रसाइलीले एरेन्ज र मिक्सिङमा सहयोग गरेका छन् भने दिपेन्द्र तिम्सिनाको निर्देशन तथा राजाराम सिंखडाले सहायक निर्देशकका रुपमा भूमिका निर्वाह गरेका छन् ।

सुवेदीले यसअघि ल्याएका ‘मेरा आँखामा’, ‘माझी दाइको जिन्दगी’, ‘कोरियाको चक्कर’, ‘कति राम्रो बिहानीको घाम’, ‘हेर ऐनामा’लगायतका गीत पनि धेरै रुचाइएको थियो ।