Logo २ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026


केन्द्रिय कारागार कारखानामा वर्षमा ७२ घण्टा काम गर्ने कैदीबन्दीलाई ७२ दिन छुट


20.6k
Shares

काठमाडौं । जेल सुधार गृह मात्र नभएर हातमा सीप हुनेका लागि आयआर्जनको भरपर्दो बाटो हुन थालेको छ । जागर हुनेले जेलमै बसेर दाम कमाउने मात्र होइन, सीपको कदर स्वरुप उनीहरुको कैद सजायमा समेत छुट पाउने गरेका छन् । जेलमा उत्पादित सामाग्री गुणस्तरीय र सस्तो हुने भएकाले उपभोक्ताले अत्यधिक रुचाउने गरेका छन् ।

२०१६ सालमा बीपी कोइराला प्रधानमन्त्री हुँदा केन्द्रीय कारागारमा पनि कपडा कारखाना खोल्नुपर्छ भन्ने अवधारणा अन्तर्गत सञ्चालन गरिएको यो कारखाना ६४ वर्षको इतिहास बोक्न सफल भएको छ । शुरुमा हाते मेसिनबाट शुरु गरिएको कारखानामा हाल ७४ वटा आधुनिक मेसिनका साथ कपडा बुनाई हुने गरेको छ ।

उद्योग मन्त्रालय अन्तर्गत घरेलु विभागले १२ हजार अनुदान दिई शुरु गरिएको यस कारखाना कार्यरत सम्पूर्ण कामदार केन्द्रीय कारागारका कैदी बन्दी हुन् । यस कारखानामा काम गरेबापत उनीहरुले दैनिक ५० देखि १०० रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन् । त्यो भन्दा महत्वपूर्ण पाटो भने ७२ घण्टा काम गरेबापत वर्षमा ७२ दिन छुट पाउने व्यवस्था गरिएको कारागार प्रशासक ललितकुमार बस्नेत बताउनुहुन्छ ।

कारखानाममा कपडा बुन्न बेला बेलामा तालीम दिने र सीप भएका कैदी बन्दीको हकमा भने आफै काम गर्ने वातावरण कारागार प्रशासनले मिलाइदिने गरेको छ ।

यहाँ उत्पादन गरिएका सुती कपडा र सुतीकपडाबाट बनाइएका विभिन्न किसिमको सामाग्री देशका विभिन्न अस्पतालले खरिद गरी लग्ने गरेका छन् । कैदीलाई ६ महिनासम्म तालिम दिएर काममा लगाउने गेरको कारागार कारखाना प्रमुख रामहरि ढुंगेल बताउनुहुन्छ ।

कारखानाका बनाइएका सुती कपडा र सुती कपडाबाट बनाइएका सामाग्री वाहेक कैदी बन्दीले आय आर्जनका लागि टोपी, मुढालगायत अन्य सामाग्रीहरुको बिक्री वितरणका लागि कारागार प्रशासने सहज वातावरण बनाएकाले यस्ता सामाग्री बिक्री वितरणबाट कैदी बन्दीले महिनामा १८ देखि २४ हजार सम्म आर्जन गर्ने गरेका छन् । त्यतिमात्र कहाँ हो र कैदी बन्दीले बनाएका मुढाहरु पछिल्लो समय छिमेकी मुलुक चीनमा समेत निर्यात हुने गरेको छ ।

सीप भएकाहरुले चार दिवारभित्र रहेर पनि आफनो इलम बेच्ने गरेका छन् ।

Skip This