Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


प्रतिनिधिसभा र राष्ट्रियसभाकाे बैठक आज पनि बस्दै


117
Shares

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आइतबार पनि बस्दै छ ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो ११:३१ बजे बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत सोमबार एक कार्यक्रममा बोेलेको विषयलाई लिएर एमालेले दुवै सदनक बैठक अवरुद्ध गर्दै आएको छ । आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भनाइबारे स्पष्टिकरण पार्नु हुनेछ ।

राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पनि प्रतिनिधिसभामा टेबुल हुने कार्यसूची रहेको छ ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० लाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।

यसैगरी,राष्ट्रियसभाको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, ऊर्जा मन्त्रालय, जलस्रोत तथा सिँचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।