Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


कुमारी बैंकका पूर्वसीइओसहित ११ जनाविरूद्ध मुद्दा


42.3k
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १ अर्ब १० करोड ४३ लाख ३६ हजार ४ सय रुपैयाँ बिगो दाबी कायम गरी विभागले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरुमाथी गैरकानूनी रूपमा कर्जा अपचलन गर्ने काममा संग्लग्न रहेको भेटिएको अभियोग लागेको छ । कुमारी बैंकका तत्कालीन सिइओ र शाखा प्रमुखसमेतको मिलेमतोमा फर्जी कागजातका बनाएर मेरालायन इन्टरप्राइजेज कम्पनी प्रालिको नाममा प्रयोग गरी प्रतिवादीहरूले सम्पत्ति शुद्धीकरणको कसूर गरेको एक अर्ब १० करोड ४३ लाख बिगो माग दाबी गर्दै मुद्दा दायर भएको हो ।

विभागले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा १, २, ७ र ८ बमोजिम अलग–अलग सजाय माग गरेको छ । त्यसै ऐनको दफा ३४ को उपदफा १ र २ बमोजिम विभागले अपचलन भएको रकम जफत गर्न समेत माग गरेको छ ।