Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


प्रधानमन्त्री दाहालको दिल्ली दौडाहा


702
Shares

काठमाडौं । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँ दल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन्।

लेखीसहित विदेश मन्त्रालयका अधिकारी र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए। प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो।

तेस्रो पटक सरकारको नेतृत्वमा आएको पाँच महिनापछि प्रधानमन्त्री दाहाल बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली आएका हुन्। दाहाल गत पुस १० गते तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। उनी प्रधानमन्त्री बनेपछि यो पहिलो विदेश भ्रमण हो। उनी बुधबार दिउँसो १ः२५ को नेपाल एयरलाइन्सको नियमित उडानबाट २ः३५ मा नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल उत्रेका थिए।

यसअघि २०७८ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका तत्कालीन रक्षा राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए। बुधबार प्रधानमन्त्री दाहाल विमानस्थलमा स्वागत कार्यक्रमपछि नयाँ दिल्लीको होटल एचटिसी मौर्यामा बसेका छन्।

प्रधानमन्त्रीसहितको टोलीलाई दिल्लीको चाणक्यपुरीस्थित आइटिसी मौर्य होटलमा भारतीय विदेशमन्त्री एस जयशंकर, सुरक्षा सल्लाहकार अजित डोभल र विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन्।

जेठ १८ गते बिहानदेखि प्रधानमन्त्री दाहालको औपचारिक कार्यक्रम सुरु हुनेछ। भारतीय प्रधानमन्त्री मोदीसँगको औपचारिक भेट भने दिल्लीस्थित हैदरावाद हाउसमा हुनेछ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।