१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


लुकाकुको लयसँगै पानामामाथि बेल्जियमको शानदार जित


0
Shares

मस्को, असार ५ । विश्वकप फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । पानामालाई ३-० ले हराउँदै बेल्जियमले विश्वकप फुबटलमा शानदार सुरुवात गरेको हो ।

गएराति सोचीस्थित ओलम्पिक रंगशालामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा बेल्जियमले लय समात्यो ।

४७ औं मिनेटमा ड्राईज मर्टिन्सले गोल गर्दै टोलीलाई अग्रता दिए । लगातार आक्रमण गरेको बेल्जियमले ६९ औं मिनेटमा रोमेलु लुकाकुको गोलमार्फत आफ्नो अग्रता दोब्बर पार्‍यो । ७५ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमको ३–० को जित निश्चित पारे ।

यो जितसँगै बेल्जियमले विश्वकप फुटबलको समूह ‘जी’ मा सुरुवाती अग्रता लिएको छ ।