Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


रुसले युक्रेनमाथि विजय हासिल गर्न नसक्ने अमेरिकी सेना प्रमुखको दाबी


3.7k
Shares

एजेन्सी । अमेरिकी सेना प्रमुख मार्क मिलेले युक्रेनमाथि रुसले सैन्य विजय हासिल गर्न नसक्ने दाबी गर्नुभएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अमेरिकी सेनाका संयुक्त अध्यक्ष जनरल मिलेले यो युद्ध रुसले सैन्य रुपमा जित्न नसक्ने बताउनु भएको हो ।

साथै युक्रेनले पनि आफ्नो सिमाबाट तत्काल रुसी सेनालाई पछि धकेल्न मुश्किल रहेको पनि उहाँले बताउनु भएको छ ।

युक्रेको सत्ता ढाल्ने र सैन्य रुपमा जीत हासिल गर्ने रुसी रणनीति त्यति सजिलो छैन भन्दै जनरल मिलेले लाखौंको संख्यामा युक्रेनमा रहेका रुसी सैनिकलाई पछि धकेलेर गुमेको सिमाना पुनः प्राप्त गर्न युक्रेनलाई पनि उत्तिकै कठीन रहेको बताउनुभयो ।

उहाँले उक्त सम्मेलनम भन्नुभयो, “यसको अर्थ लडाई लम्बिने छ, अझै रक्तपात हुने छ र झनै कठीनाइ बढ्ने छ । एउटा विन्दुमा पुगेपछि दुवै पक्ष युद्ध अन्त्य गर्नुपर्ने निष्कर्षमा पुग्नेछन्” ।