Logo २ भाद्र २०८३, मंगलबार | Tue Aug 18 2026


संघीय संसद्‌को अधिवेशन अन्त्य हुँदै


286
Shares

काठमाडौं । संघीय संसद्‌को अधिवेशन अन्त्यको तयारी गरिएको छ ।

आजको बैठकपछि अधिवेशन अन्त्यका लागि तयारी गरिएको संसद सचिवालयले जनाएको छ।

अधिवेशन अन्त्य भएको सूचना संसद सचिवालयले केहीबेरमा सार्वजनिक गर्ने तयारी छ।

यो अधिवेशनको अन्त्य गरेर सरकारले प्रतिनिधिसभाको बजेट अधिवेशन आह्वान गर्छ। बजेट अधिवेशन यहि बैशाख अन्त्यमा आह्वान गर्नुपर्ने हुन्छ।

मंसिरमा १० को निर्वाचनपछि पुस २५ गते संसद्को पहिलो बैठक राखिएको थियो । यो अधिवेशनभरि २८ वटा बैठक भएका छन् ।