१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


स्वीडेनले दक्षिण कोरियालाई हरायो, एसियाका तीन टिमको खराब सुरुआत


0
Shares

काठमाडौं, असार ४ । रुसमा जारी विश्वकप फुटबलमा दक्षिण कोरियाले खराब सुरुआत गरेको छ ।

समूह ‘एफ’को कोरियाले सोमबार भएको आफ्नो पहिलो खेलमा स्वीडेनसँग १–० को हार व्यहोरेको हो ।

खेलको ६५औं मिनेटमा पाएको पेनाल्टीमा स्वीडेनले गोल गरेको थियो ।

दक्षिण कोरियाका दुई खेलाडीले पहेंलोकार्ड पाए । कोरियाले गोलका लागि एउटा पनि प्रहार गर्न सकेन ।

दक्षिण कोरियाको हारसँगै एसियाबाट सहभागी चारमध्ये तीनओटा टिमले खराब सुरुआत गरेका छन् ।

एसियाबाट साउदी अरेबिया र अष्ट्रेलियाले पहिलो खेलमा पराजय व्यहोरेका थिए । एसियाबाटै सहभागी समूह ‘एच’को जापानले मंगलबार कोलम्बियासँग खेल्नेछ ।