२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


पूर्ण विवरणको तालिका एक वर्षमा


0
Shares

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले एक वर्षभित्र जनगणनाको पूर्ण विवरणको अन्तरविषयक तालिका (क्रस टेबुलेसन) सार्वजनिक गर्ने भएको छ ।

गत साता सार्वजनिक गरिएको पूर्ण विवरणमा जनगणनाका क्रममा सोधिएका प्रश्नावलीको सिधा उत्तर मात्र सार्वजनिक भएको थियो । अब क्रस टेबुलेसनको नतिजा सार्वजनिक गर्दा भने दुई वा दुईभन्दा बढी प्रश्नको समेत उत्तर निकाली सो उत्तरलाई तथ्यांकमार्फत सार्वजनिक गरिनेछ ।

कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले सरकारी र गैरसरकारी संस्थाको मागअनुसार उक्त क्रस टेबुलेसन सार्वजनिक गर्दै जाने बताउनुभयो ।

उहाँका अनुसार क्रस टेबुलेसनमा नेपालमा शिक्षित व्यक्ति संलग्न भएको रोजगारीको क्षेत्र, कुल ज्येष्ठ नागरिकमध्ये उत्पादन क्षेत्रमा आबद्धता भएकाको संख्या, अपांगता भएका व्यक्ति संलग्न पेसा र व्यवसायको अवस्था, कृषि र गैरकृषि क्षेत्रमा लागेका व्यक्तिको संख्यालगायतका संयुक्त प्रश्नको उत्तरलाई टेबुलमार्फत तथ्यांकमा सार्वजनिक गरिनेछ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।