१८ जेष्ठ २०८०, बिहिबार | Thu Jun 1 2023


बैंकमाथिको प्रहारले एफडीआई प्रभावित हुन सक्छ


325
Shares

काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा चौतर्फी आक्रामण भइरहेको भन्दै नेपाल बैंकर्स संघले चिन्ता व्यक्त गरेको छ ।

केही समूहले बैंकिङ क्षेत्रमा निरन्तर प्रहार गर्दा यसको असर अन्तर्राष्ट्रिय जगतसम्म पुग्ने भन्दै संघले चिन्ता व्यक्त गरेको हो ।

संघले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष सुनिल केसीले नियमसंगत तरिकाले पारदर्शी भएर काम गर्दागर्दै पनि बैंकमाथि प्रहार हुनु दुःखद् भएको बताए ।

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका अध्यक्ष केसीले बैंकमाथिको प्रहार केवल बैंकमाथि मात्र नभई समग्र अर्थतन्त्रमाथिकै प्रहार भएको बताए ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।