Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


गगन थापा भन्छन् – राष्ट्रपतिको सवारीमा नागरिकलाई असुविधा नहुने व्यवस्था गरौं


91
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशिष्ट व्यक्तिकहरुको सुरक्षासम्बन्धी कार्यविधि बदल्नुपर्ने बताउनु भएकाे छ ।

उहाँले राष्ट्रपति र अरु विशिष्ट व्यक्तिको सवारीका बेला नागरिकलाई असुविधा पुर्‍याउन नपाउने व्यवस्था गर्नुपर्ने बताउनु भएकाे हाे।

उहाँले फेसबुकमा लेख्नुभएकाे छ, ‘निर्वाचित हुने नयाँ राष्ट्रपतिको पहिलो दिनबाट नै यो संशोधित कार्यविधि लागू हुने गरी अहिलेदेखि तयारी गरौँ र नयाँ राष्ट्रपतिसँगै नयाँ अभ्यासको थालनी गरौँ ।’

राष्ट्रपति संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको भन्दै महामन्त्री थापाले यसो हुनुमा तामझाम शैली पनि एक भएको बताउनु भयाे ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा फुटपाथमा हिँडिरहेका ट्रमा सेन्टरका डाक्टरलाई प्रहरीले निर्घात कुटपिट गरेको थियो ।

Skip This