१६ चैत्र २०७९, बिहिबार | Thu Mar 30 2023


युभेन्ट्सले सालेर्निटानालाई हरायो


65
Shares

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा युभेन्ट्सले सालेर्निटानालाई हराएको छ ।

मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेर्निटानालाई ३–० ले हराएको हो ।

खेलको २६ औं मिनेटमा डुसान भाल्होभिचले पेनाल्टीबाट गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । ४५ औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै युभेन्ट्सलाई २–० ले अग्रता दिलाए । त्यसपछि ४७ औं मिनेटमा डुसानले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३–० को सहज जित दिलाए ।

जितसँगै युभेन्ट्स २६ अंक जोडेर १० औं स्थानमा उक्लिएको छ । पराजित सालेरनिटाना २१ अंक जोडेर १६ औं स्थानमा छ ।