Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


राष्ट्रिय खेलकुद परिषदले सोध्यो नेपाल क्रिकेट संघलाई सात दिने स्पष्टीकरण


494
Shares

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) लाई सात दिने स्पष्टीकरण सोधेको छ।

नेपाल टी–२० लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग गरिएको सम्झौता राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीत भएको ठहर भएसँगै खेलकुद परिषदले क्यानलाई स्पष्टीकरण सोधेको हो । क्यानले भारतीय कम्पनी सेभेन थ्रीसँग नेपाल टी–२० लिगका लागि ८ वर्षको सम्झौता गरेको थियो ।

तर सम्झौता ऐन विपरीत भएको राखेपले गठन गरेको नेपाल टी–२० लिग छानविन कार्यदलले ठहर गरेको थियो । खेलकुद विकास ऐनको दफा २९ मा राष्ट्रिय खेल संघलाई ‘निलम्बन गर्न सक्ने’ व्यवस्था रहेकाे छ। निलम्बनअघि राष्ट्रिय खेल संघलाई निश्चित अवधि तोकी शर्तको पालना गर्न निर्देशन दिने उल्लेख गरिएकाे छ ।

साेही अनुसार राखेपले पत्रको हो । नेपाल क्रिकेट संघलाई पत्र काटेसँगै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) सँग पनि समन्वय गरिरहेको राखेपले जनाएको छ ।