Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


५५ बोरा मलसहित एउटा ट्याक्टर प्रहरीकाे नियन्त्रणमा


221
Shares

सुशील गैरे

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले ५५ बोरा मलसहित एउटा ट्याक्टरलाई नियन्त्रणमा लिएकाे छ ।

साेही गाउँपालिकाको बिचौवापुरबाट नम्बरबिनाको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएकाे हाे । ट्याक्टरमा सरकारी अनुदानको मल अवैध रूपमा ओसारपसार भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनुभयो

ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शंकास्पद देखिएको प्रहरी निरीक्षक बोहराले जानकारी दिनुभयो । साेही घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरेको उहाँले बताउनुभयाे ।

Skip This