Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरी ठगी गर्ने २ जना प्रहरीकाे फन्दामा


117
Shares

काठमाडौं । सामाजिक सञ्जालबाट ब्ल्याकमेल गरेर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नुवाकोटका १९ वर्षका विवेक आचार्यसहित १७ वर्षीय एक बालक रहेका छन्। बालककाे उमेर १७ वर्ष भन्दा कम रहेकाे प्रहरीले नाम गोप्य राखेको छ।

उनीहरुले चलचित्र क्षेत्रमा काम गर्नेहरुलाई आफू मोडलिङ क्षेत्रको व्यक्ति हो भन्दै नेपाली गीतहरुको लिंक सेयर गर्न लगाउने, भिडियो कलमा आफू नांगो भई कुरा गर्ने र त्यसको स्क्रिन सट राख्ने र उक्त भिडियो परिवारका सदस्यलाई पठाइदिन्छु भनेर धम्की दिने गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनीहरुलाई सामाजिक सञ्जालको दुरुपयोग मार्फत ठगी गरेको कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।