‘भगवत् गीता’को विपिन कार्की अनुबन्धित « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


‘भगवत् गीता’को विपिन कार्की अनुबन्धित


377
Shares

काठमाडौं । झरना थापाको आगामी चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित भएका छन् ।

बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । सो कुराको जानकारी झरनाले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै दिएकी छिन् ।

चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् । माघ २० गतेदेखि छायांकन सुरु हुने चलचित्र जनकपुर र मनाङ आसपासमा छायांकन हुने बताइएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्रलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको निर्माण पक्षले जानकारी दिएको छ ।