अर्घाखाँचीमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Sat Feb 4 2023


अर्घाखाँचीमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न


156
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ‘स्लो बाइक रेस’ प्रतियोगिता सम्पन्न भएको छ ।

गत कार्तिक ११ गते अर्घा–भगवती विमानस्थलमा तीब्र गतिका कारण मोटरसाइकल दुर्घटनामा मृत्यु भएका कृतिम रायमाझी र रोशन सुनामको सम्झनामा ‘द ब्लु स्काइ युथ क्लब’ सन्धिखर्कको आयोजनामा प्रतियोगिता गरेकाे हाे ।

प्रतियोगितामा १७ जनाको सहभागिता रहेको थियो । प्रतियोगितामा विनोद खनाल प्रथम हुनुभएको छ । सबै भन्दा ढिलो बाइक चलाएर खनाल प्रथम हुनुभएको हो । विजेता खनालले ८ हजार नगद पुरस्कार प्राप्त गर्नुभएको छ।

त्यस्तै, तीव्र गतिका कारण दैनिक रूपमा सवारी दुर्घटना बढ्दै गएको छ । साेही दुर्घटनालाई नियन्त्रण गर्न टेवा पुग्ने उदेश्यले प्रतियोगिता गरिएकाे ‘द ब्लु स्काइ युथ क्लब सन्धिखर्कले जनाएको छ ।