१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


विश्वकप फुटबलमा आजका तीनवटै खेल रोमाञ्चक


0
Shares

काठमाडौं । विश्वकप फुटबलमा आज तीन खेल हुनेछन् । समूह एफ को खेलमा स्वीडेन र दक्षिण कोरिया भिड्नेछन् ।

यो खेल नेपाली समय अनुसार वेलुकी पौने ६ वजे नोभ्गोरोद रंगशालामा हुनेछ । राति पौने ९ बजे सोचीको ओलम्पिक रंगशालामा बेल्जियमले पानामासँग खेल्नेछ ।

एडिन हाजार्ड, रोमेलु लुकाकु, केभिन डे ब्रायन जस्ता स्टार खेलाडीहरुले भरिएको बेल्जियमलाई रुस विश्वकपको उपाधि दावेदारको रुपमा हेरिएको छ ।

समुह जी कै अर्को खेलमा राति पौने १२ बजे इङ्ल्यान्डले ट्युनिसियाको सामना गर्नेछ । भोल्गोग्राद रंगशालामा हुने खेल इङ्ल्यान्डका लागि सहज भने हुने छैन ।