प्रिमियर लिग फुटबलमा चेल्सी पराजित « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


प्रिमियर लिग फुटबलमा चेल्सी पराजित


39
Shares

काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलकाे पछिल्लो खेलमा चेल्सीलाई फुल्हमले २–१ ले पराजित गरेकाे छ ।

बिहिबार राति फुल्हमको मैदानमा भएको खेलमा घरेलु टोलीका लागि विलियन र कार्लोस भिनिसियसले १-१ गोल गरेका हुन्। पराजित टोली चेल्सीका लागि कालिदु काउलीबालीले एक गोल फर्काएका थिए । यो खेलमार्फत चेल्सीमा डेब्यू गरेका पोर्चुगिज खेलाडी हुँवा फेलीक्सले नयाँ टोलीका लागि पहिलो खेलमै रातो कार्ड खाएका छन् ।

पराजित भएसँगै चेल्सीका प्रशिक्षक ग्राहम पोर्टरमाथि दवाव बढेको छ । अघिल्लो वर्ष रुसी धनाढ्य रोमन अब्राहिमोभिचलाई बेलायतमा कारोबार गर्न प्रतिबन्ध लगाएसँगै चेल्सी फुटबल क्लबको मालिक तथा व्यवस्थापन फेरिएको थियो ।

अमेरिकी धनाढ्य टड बोहलीले नेतृत्व लिए यता चेल्सीले सोचे अनुसारको प्रदर्शन गर्न सकिरहेको छैन ।