राखी सावन्तले प्रेमी आदिल खानसँग गरिन् विवाह « Imagekhabar – Online News Portal of Nepal
२० माघ २०७९, शुक्रबार | Fri Feb 3 2023


राखी सावन्तले प्रेमी आदिल खानसँग गरिन् विवाह


1.053k
Shares

एजेन्सी । भारतीय अभिनेत्री राखी सावन्तले प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी छन् ।

भारतमा ड्रामा क्वीन उपनामले चिनिने राखीले आफ्ना प्रेमी आदिलसँग विवाह गरेकी छन् । उनीहरूले अदालतमा विवाह गरेका हुन् । हाल उनीहरूको सामाजिक सञ्जालमा केही तस्वीर भाइरल भइरहेका छन् । जसमा राखी हातमा विवाह प्रमाणपत्र लिएर आदिलसँग देखिएकी छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार राखीको यो दोस्रो विवाह हो । यसअघि उनले रितेश पाण्डेसँग विवाह गरेकी थिइन् । तर यी दुईको सम्बन्ध लामो समय टिक्न सकेन । राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो ।

राखी लामो समयदेखि आदिलसँग प्रेम सम्बन्धमा रहेकी थिइन् । । दुवैजना प्रायः सार्वजनिक रूपमा सँगै देखिने गरेका थिए । आदिल राखीभन्दा ६ वर्ष कान्छा र पेशाले व्यवसायी हुन् ।

उनीहरूले हाल सम्म आफ्नो विवाहको बारेमा कुनै पनि जानकारी भने दिएका छैनन् ।