Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम


65
Shares

काठमाडाैं । झापाको बिर्तामोडमा संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम देखिएको छ ।

शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक कार्यक्रमका सहभागीले सामुदायिक विद्यालयको तल्लो तहमा भन्दा माथिल्लो तहमा सिकाइ उपलब्धि घट्दै गएको बताएका हुन् ।

स्थानीय निकायले शिक्षा क्षेत्रमा बजेट न्यून छुट्याउनु, बाल विकासको व्यवस्थापनमा स्थानीय निकायले ध्यान नदिनु, राजनीतिक दलका जिम्मेवार पदमा शिक्षक रहनु लगायतका कारणले सामुदायिक विद्यालयको सिकाइ उपलब्धि अपेक्षा गरिए अनुसार हुन नसकेको औंल्याइएको छ ।