
काठमाडौं, असार ४ । जनकपुर–अयोध्या बस सेवा सुचारु नभएपछि स्थानीयवासी निक्कै निरास भएका छन् ।
‘हामी अयोध्या जान एक सातादेखि कार्यक्रम बनाइरहेका छौं तर गाडी कहिले खुल्ने हो, त्यो थाहा नभएपछि सधैं कार्यक्रम स्थगित गर्नु परेको छ,’ जनकपुर–४ का पंकज दासले बताए ।
गत वैशाखमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको अवसरमा प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा जनकपुर–अयोध्या बस सेवाको उदघाटन गरेका थिए ।
सो बस सेवाको उदघाटन भए पनि सो सेवा हालसम्म नियमित भएको छैन । सो दुरीमा चल्ने बस भारत सरकारले उपलब्ध गराउने सहमति भएको बताइए पनि सोको प्रक्रिया हालसम्म अगाडि बढेको छैन । –राजधानी दैनिकबाट
प्रतिक्रिया दिनुहोस्