
काठमाडौं, असार ४ । गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारवाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन् ।
मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ गर्न नदिने’ प्रतिवद्धतामात्र जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन् ।
यसरी ‘कामचोर ठेकेदार’लाई कारवाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड सम्हालेका दुई मन्त्रीबीच मतभेद देखिएको छ ।
काम नगर्ने ठेकेदारलाई पक्राउ गर्ने गृहको चेतावनीविपरीत गई तालुक मन्त्रालयका मन्त्री महासेठले व्यवसायीलाई पक्राउ पर्नबाट जोगाउने प्रतिवद्धता जनाउँदै विरोधाभासपूर्ण टिप्पणी गरेका हुन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्