स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा फुन्टे नियुक्त « Imagekhabar – Online News Portal of Nepal
१६ माघ २०७९, सोमबार | Mon Jan 30 2023


स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा फुन्टे नियुक्त


1.625k
Shares

काठमाडाैँ । कतारमा जारी विश्वकपमा अन्तिम १६ बाटै बाहिरिएको स्पेनिस राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा लुइस डे ला फुन्टे नियुक्त भएका छन् ।

विश्वकपमा टिमको नेतृत्व गरेका मुख्य प्रशिक्षक लुइस एनरिकले राजीनामा दिएको भोलिपल्ट स्पेनिस फुटबल संघले फुन्टेलाई प्रशिक्षक नियुक्त गरेको हो । ६१ वर्षीय फुन्टे सेभिया र एथ्लेटिको बिलबाओका पूर्व डिफेन्डर हुन् ।

उनले २०१५ मा स्पेनको यू–१९ टिमको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनकै प्रशिक्षणमा यू–२१ टिमले यूरो २०१९ को उपाधि जितेको थियो । प्रशिक्षकको दाबेदारीमा बेल्जियमका पूर्व प्रशिक्षम रोबर्टो मार्टिनेज र पूर्व एथ्लेटिको बिलबाओका प्रशिक्षक मार्सेलिनो गार्सिया पनि थिए ।