
web pic
काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको एकदिवसीयमा स्कटल्याण्डले नेपाललाई पराजित गरेको छ ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बिहिबार भएको खेलमा नेपाल ८ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १ सय २० रनको लक्ष्य स्कटल्याण्डले २ विकेट गुमाएर १६ ओभर ५ बलमा पूरा गर्याे ।
७ टोली सहभागी विश्वकप लिग टू मा जितसँगै स्कटल्याण्डको ३२ खेलमा ४६ अंकका साथ पहिलो स्थानमा रहेको छ ।
नेपाल भने २४ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्