गायक सुनिल गिरीले गरे विवाह « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


गायक सुनिल गिरीले गरे विवाह


3.263k
Shares

काठमाडौं । नेपाली म्युजिक उद्योगका गायक, रचनाकार एवं संगीतकार सुनिल गिरीले विवाह गरेका छन् ।

गिरीले आफ्नी प्रेमीका अञ्जु आचार्यसँग विवाह गरेका हुन् । गिरीले आफ्नो विवाहलाई सामाजिक सञ्जालमार्फत पुष्टि गरेका छन् । फेसबुकमार्फत ‘भाग्यमानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गर्दै आचार्यसँग आफूले विवाह गरेको जनाएका छन् ।

केही वर्षदेखि प्रेममा रहेको उनीहरू म्युजिक भिडियोमा बेहुला बेहुली पहिरनमा देखिन्छन् । यो गीतको कम्पोज गिरीले आफैं गरेका छन् । उक्त भिडियो नेपाल र जर्मनीमा छायांकन गरिएको छ ।

उनीहरूले दुई परम्परागत तरीकाबाट विवाह गरेका छन् ।