चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक


442
Shares

काठमाडौं । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी अभिनित चलचित्र ‘डिसेम्बर फल्स’ को पहिलो गीत सार्वजनिक भएको छ ।

सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको‘फकाउनै जानिनँ’ बोलको लोकलयको गीतमा आर्यन र उपासना अभिनित छन् ।

दीपक शर्माको शब्द/रचना तथा संगीत रहेको यस गीतमा निशान भट्टराई र मेलिना राईको स्वर रहेको छ । यस गीतको भिडियोलाई रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । गीतको भिडियोलाई भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको हो ।

आगामी पुष १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा आर्यन र उपासनाका अलावा सलोन बस्नेत, शिवहरी पौडेल, नगेन्द्र रिजाल, शिशिर राणा, गीता अधिकारी, प्रभात पल ठकुरी, नरेश भट्टराई, सुमन थापालगायतको अभिनय रहेको छ ।

प्रविण झा निर्देशित उक्त चलचित्रमा लक्ष्मण रिजाल र अमिस काफ्ले कार्यकारी निर्माता रहेका छन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राज कुमार भट्ट हुन् ।

बनिश शाहले सम्पादन गरेको यो चलचित्रको पटकथा तथा संवाद केदार भुषाल र प्रतिक पौडेलले तयार पारेका हुन् ।