Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


सोमबार विवाह गर्दै सलोन


689
Shares

काठमाडौं । मंसिर १२ गते अर्थात सोमबार अभिनेता सलोन बस्नेतले विवाह गर्न लागेका छन् ।

सलोनले एयर होस्टेस करिश्मा केसीसँग प्रेम विवाह गर्न लागेका हुन् । उनीहरूले करिब ४ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् । सलोन र करिश्माले विवाहपछि मंसिर १४ गते अर्थात बुधबार काठमाडौंको पाँचतारे होटलमा रिसेप्सन पार्टी दिने छन् ।

सलोन र करिश्माको शनिबार तारकेश्वरस्थित गोलढुंगामा रहेको पातलेबन रिसोर्टमा मेहेन्दी र संगीत कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा अभिनेता एवं चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी आफ्नो प्रेमिका जिया केसीसँग पुगेका थिए भने वर्षा राउत, संयोग कोइराला, पूजा शर्मा, युद्ध बानियाँ, सलिनमान बानियाँ, आमेश भण्डारीलगायत कलाकारहरूको उपस्थिती थियो ।

विवाहको तयारीमा लागेका सलोनको चलचित्र ‘मिलन’ हलमा प्रदर्शन भइरहेको छ ।