निर्वाचनमा पराजित भएपछि रेखाको प्रतिक्रिया यस्तो « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


निर्वाचनमा पराजित भएपछि रेखाको प्रतिक्रिया यस्तो


208
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएकी उनले १० हजार ९ सय ८९ मत प्राप्त गर्दै तेस्रो भएकी थिइन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले ४८ हजार ६ सय ३१ मत प्राप्त गर्दै पराजित गरेका हुन् ।

रेखाले पराजय बेहोरेपछि आज शनिबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उम्मेदवार हुँदै गर्दा जित्नुपर्छ भन्ने लाग्नु स्वभाविक रहेको बताएकी छन् । उनले निर्वाचित उम्मेदवार शर्मालाई बधाई दिँदै शुभकामना समेत दिएकी छन् ।

उनले लेखेकी छन्, ‘मोरङ क्षेत्र नम्बर ३ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसअनुसार कांग्रेसका उम्मेदवार सुनिल शर्मा विजयी हुनुभएको छ । उहाँलाई जितका लागि बधाई र शुभकामना दिन्छु । यो क्षेत्रका नागरिकका सुःख-दुःखमा उहाँ सँधै साथ हुनुहुनेछ भन्ने विश्वास गरेको छु ।’

साथै उनले आफूलाई माया र विश्वास गरेर मतदान गर्ने नमन गरेकी छन्। उनले आफूलाई हौसला दिने अन्य हजारौं नागरिकप्रति म सँधै कृतज्ञ रहने दावी गरेकी छन् । रेखाले सांसद मात्र बन्ने चाहना भएको भए प्रत्यक्षमा नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर रहँदा पनि आफूले त्यसको लोभ नगरी प्रत्यक्ष उम्मेदवार दिएको बताएकी छन् ।

निर्वाचनमा पराजित भएपनि मोरङ क्षेत्र नम्बर ३ का हरेक सुःख-दुःख बाँड्न आफू सँधै साथमा हुने उनको वाचा छ । निर्वाचनबाट निर्वाचित सुनिलका राम्रा काममा काँधमा काँध मिलाउने र बाटो विराए विना हिच्किचाहट खबरदारी गर्ने उनकाे तर्क छ ।

अभिनेत्री रेखा थापाले सामाजिक सञ्जाल फेसबुकमा यस्ताे लेखेकी छन् :