१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


स्याङ्जा-१ मा कांग्रेसका राजु थापा विजयी 


182
Shares

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार राजु थापा विजयी हुनुभएकाे छ ।

आज शुक्रबार कांग्रेसका उम्मेदवार थापाले ३१ हजार ९ सय ९९ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार नारायण मरासिनीलाई पराजित गरेर विजयी हुनुभएको हाे । उहाँका निकटतम प्रतिद्वन्द्वी मरासिनीले २८ हजार ७ सय ४४ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ ।

कांग्रेसका उम्मेदवार थापाले मरासिनीलाई ३ हजार २ सय ५५ मतान्तरले पराजित गर्नुभएकाे हाे ।