फुटबलको मुख्य प्रशिक्षक आह्वान « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


फुटबलको मुख्य प्रशिक्षक आह्वान


546
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको छ । एन्फाले आज सूचना निकाल्दै मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

एन्फाले फिफाको प्रो लाइसेन्स प्राप्त प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको हो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गत भदौमा राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षक विहीन रहेको छ ।

नेपालले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल कार्यबाहक प्रशिक्षक प्रदिप हुमागाई र पाकिस्तानविरुद्धको मैत्रीपूर्ण कार्यबाहक प्रशिक्षक प्रवेश कटुवालको नेतृत्वमा खेलेको थियो ।

यस्तै एन्फाले टेक्निकल डिरेक्टरका लागि समेत दरखास्त आह्वान गरेको छ । एन्फाले फाइनान्स डिरेक्टर, हेड अफ प्रोकुरेमेन्ट, जुनियर एकाउन्टेन्ट र सिभिल इन्जिनियरको पनि दरखास्त आह्वान गरेको छ ।